• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
डबली

पराजुलीद्वारा लिखित 'कुमाता' को दोस्रो संस्करण बजारमा

चितवन ।  युवा पुस्ताका चर्चित कथाकार वसन्त पराजुलीद्वारा लिखित  कथासङ्ग्रह  ‘कुमाता’ को दोस्रो संस्करण बजारमा आएको छ । ‘पुत्र कुपुत्र हुन सक्ला तर माता कहिल्यै कुमात हुन्नन’ भन्ने कथनलाई  कथासङ्ग्रहले भताभुङ्ग बनाउँदै समाजमा विद्यमान विकृति तथा विसङ्गतिलाई मूल केन्द्रमा राखेको छ ।

 

सामाजिक यथार्थवादी र महिला यौन मनोविज्ञानका विषय वस्तु समेटिएको सो कथासङ्ग्रह गत फागुन २६ गते पहिलोपटक सार्वजनिक भएको थियो । त्यसपछिको छोटो अवधिमा नै दोस्रो संस्करण प्रकाशन भएको हो । पराजुलीका कथासङ्ग्रहलाई भुँडीपुराण प्रकाशन प्रा लि ले बजारमा ल्याएको हो।

 

विभिन्न शीर्षकका दश कथाले अवैधानिक रुपमा गर्भधारण गरेका कारण कयौँ नवजात शिशुको हत्या गर्न विवश छन् माताहरु भन्ने तथ्यलाई सरल, आकर्षण र जीवन्त रुपमा कथासङ्ग्रह भित्र प्रस्तुत गरिएको छ। कथाकार पराजुलीले भन्छन्, ‘कुमाता’ नेपाली समाजमा नारीहरुले भोगिरहेका समस्याको एउटा दस्ताबेज हो । यो कुमाताको कथा होइन, माताको कथा हो । 

 

पुस्तकामा संग्रहित कथाहरुमा नारी संवेदना कुनै न कुनै रुपमा प्रस्तुत भएका छन् । नारीका संवेदना पुरुषले बुझ्न सक्नुपर्छ अन्यथा यसले गम्भीर रुप लिनसक्छ । कुमाता बनाउन विवश बनाउने समाजलाई पुनः एकपटक गम्भीर रुपमा सोच्न बाध्य कथासङग्रहले बनाएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार