• मंगलबार १-४-२०८१/Tuesday 04-16-2024
देश/प्रदेश

स्याङ्जाको कालीगण्डकीमा पहिरो जाँदा पूर्वगाविस अध्यक्षको मृत्यु, तीनजना बेपत्ता 

काठमाडौं । स्याङ्जाको कालीगण्डकीमा पहिरो जाँदा एकजनाको मृत्यु भएको छ । तीनजना बेपत्ता भएका छन् ।

 

कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ को खहरेमा माथिबाट झरेको पहिरोमा पुरिएर तत्कालीन पुर्व गाविस अध्यक्ष इमानसिँह रानाको मृत्यु भएको र तीनजना अझै बेपत्ता रहेको वडाध्यक्ष चक्रपाणि पाण्डेले जानकारी दिए।

 

बेपत्ता हुनेमा सोही वडाका प्रेमचन्द्र पाण्डे, टीका थापा र गिमानसिँह थापा रहेको सोही वडाका वडाध्यक्ष पाण्डेले बताए । अहिले पहिरोमा स्थायी, नेपाली सेना र नेपाल प्रहरीले खोजी जारी राखेका छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार