• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
राजनीति

ओली–प्रचण्डबीच छलफल सकियो, दुई अध्यक्षबीच बिहीबार फेरि छलफल हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आजको छलफल सकिएको छ । 

 

बिगत ६ दिनपछि मंलगलबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल भएको थियो । मंगलबार ओली र दाहालबीच करिब सवा घण्टा वार्ता भएको थियो ।छलफललाई निरन्तरता दिने सहमति दुई अध्यक्षबीच भएको छ ।  दुई अध्यक्षबीच बिहीबार फेरि छलफल हुने जनाइएको छ ।

 

यसअघि आइतबार, सोमबार, मंगलबार र बुधबार ओली र दाहालबीच भेटवार्ता भएको थियो । प्रधानमन्त्री र पार्टी अध्यक्षबाट ओलीको राजीनामाको विषयले मुख्य स्थान लिएपछि नेकपा स्थायी कमिटी अवरूद्ध भएको छ । सो बैठक साउन २ गतेसम्मको लागी स्थगित  छ ।

 

यही विवादले पार्टी फुटको नजिक पुग्न लागेपछि सहमतिको प्रयासका लागि भन्दै दुई अध्यक्षबीच छलफल हुँदै आएको हो । पछिल्लो पटक दुवै अध्यक्षले हतार नगरी सहमति जुटाउने सार्वजनिक अभिव्यक्ति दिएका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार