• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
स्वास्थ्य

१४४ संक्रमित थपिए, देशभर कोरोना निको हुनेको संख्या १० हजार २९४ पुग्यो

काठमाडौं । कोरोना भाइरसका १४४ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १४४ संक्रमित थपिएका हुन् ।

 

यस्तै अहिलेसम्म निको भएका सहितको कूल संक्रमितको संख्या १६ हजार ९४५ रहेको पनि गौतमले बताए । उनका अनुसार आज काठमाडौं उपत्यकामा ९ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंका ३, भक्तपुरका १ र ललितपुरका ५ जना रहेका छन् ।

 

७७ जिल्लामै फैलिएको कोरोना संक्रमणबाट देशभरका पाँच जिल्ला संक्रमण मुक्त भएका छन् । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार धनकुटा, भोजपुर, मनाङ, मुस्ताङ र हुम्ला गरी पाँच जिल्ला कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । 

 

पछिल्लो २४ घण्टामा देशभरका २५ प्रयोगशालामार्फत पाँच हजार ८५६ जनाको पीसीआर परीक्षण गरिएको छ ।  हालसम्म नेपालमा दुई लाख ८९ हजार ३७१ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको  छ। 

 

हालसम्म देशभरका २३ हजार ४७० क्वरेन्टिनमा रहेका छन्  भने ६ हजार ६१३ जना कोरोना संक्रमित आइसोलेसनमा छन् । देशभर हालसम्म कोरोना भाइरसको संक्रमणबाट ३८ जनाको मृत्यु भइसकेको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार