• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
बिश्व

लौहयुगमा 'हत्या गरिएका' एक मानिसको कङ्काल फेला पर्‍यो

काठमाडौं । यूकेको बकिङ्हम्शरमा रेलमार्ग निर्माण भइरहेको स्थानमा फेला परेको एउटा अस्थिपञ्जर लौहयुगमा हत्या गरिएका एक व्यक्तिको हुनसक्ने पुरातत्त्वविद्हरूले बताएका छन्।

 

झन्डै २००० वर्ष पुरानो नरकङ्काल भुइँमा घोप्टिएको र दुवै हात ढाडतिर लगेर पछाडिपट्टि बाँधिएको अवस्थामा भेटिएको थियो।

 

रेलमार्ग एचटुएस निर्माण आयोजनाकी पुरात्त्वविद् र्‍याशल वुडले ती वयस्क पुरुषको मृत्युलाई 'एउटा रहस्य' को संज्ञा दिँदै थप विश्लेषणले कारण स्पष्ट हुनसक्ने बताइन्।

 

त्यहाँ प्राचीन स्टोनहेन्ज स्मारकको जस्तै काठको एउटा संरचना र रोमन शैलीको समाधि पनि फेला परेका छन्।

 

यो अस्थिपञ्जर झन्डै २००० वर्षअघि हत्या गरिएका वा मृत्युदण्ड दिइएका एक पुरुषको भएको विज्ञहरूको भनाइ छ। उक्त स्थलमा भएको माटोको गुणका कारण अस्थिपञ्जर सयौँ वर्षदेखि सुरक्षित रहन सकेको जनाइएको छ । बीबीसी 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार