• शनिबार १-८-२०८१/Saturday 04-20-2024
देश/प्रदेश

नभ्य नेपालका युवाहरुले गरे १२० विद्यार्थीलाई राहत बितरण

काठमाडौं । 'परिवर्तनाय परिवर्तनम् भवेत्' आदर्श राखेर भर्खर १० कक्षा सकेर जाग्रुत युवाहरुद्धारा स्थापित सामाजिक संस्थाले हिजो शनिबार टेकु स्थित श्री महेन्द्र सरस्वती बेसिक स्कुलमा  राहत वितरण गरेको छ । 

 

विगतका ४ महिनादेखि संसारभर फैलिएको कोभिड-१९ माहामारीले शैक्षिक संस्था बन्द भएपनि विद्यार्थीको भविष्यसँग सम्झौता गर्न नहुने भन्दै राहत बितरण कार्यक्रम आयोजना गरेको कार्यक्रमका आयोजकले बताए ।

 

कार्यक्रममा नभ्य नेपालका प्रयास ओझा, शिरिष कुमार बोहोरा, प्रज्वल न्यौपाने, निस्चल आचार्य र अकिंत महेता को टोलीले १२० जना विद्यार्थीहरूका लागि शैक्षिक सामाग्री कापी, कलम, किताब, मास्क र स्यानेटरी प्याड बितरण गरेका थिए । 

 

भविष्यमा परिवर्तन ल्याउने वाचा गर्ने भन्दा वर्तमानमा नै जनहितका निम्ति सक्रिय भई परिवर्तनको सुरुवातको जमर्को गरेको नभ्य नेपाल सह-सभापति प्रयास ओझाले बताए । आगामी दिनमा पनि यसरी नै सेवामा समर्पित हुने ओझाले प्रतिबद्धता जनाए । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार