• शनिबार १-८-२०८१/Saturday 04-20-2024
अर्थ

नेप्से परिसूचक नौ अङ्कले वृद्धि

काठमाडौं । धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक नौ अङ्कले वृद्धि भएको छ ।

 

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ९.०१ अङ्कले बढेर एक हजार ३४०.२९ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.९३ अङ्कले बढेर २८१.४२ मा पुगेको छ ।

 

आज कूल १७९ कम्पनीका २६ लाख ७८ हजार ५०७ कित्ता शेयर रु एक अर्ब ११ करोड १० लाख ९० हजार २७२ मा खरिद बिक्री भए । कारोवार भएका कूल १२ मध्ये पाँच उपसमूहको शेयर ओरालो लागेको छ । 

 

बैंकिङ १.१४ अङ्कले घट्दा होटल ५३.२२, विकास बैंक ४.०१, जलविद्युत् ०.३८ र सामूहिक लगानी कोष ९.९१ अङ्कले गिरावट आएको छ । व्यापार १.०६, वित्त ६.५४, निर्जीवन बीमा ८०.५४, उत्पादन १७.३५, अन्य ७.७८, लघुवित्त ८२.६४ र जीवन बीमा १९७.२४ अङ्कले बढेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार