• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
स्वास्थ्य

मिर्गौला बेचविखन आरोपमा डाक्टर,जन-प्रतिनिधि सहित १२ जना पक्राउ 

काठमाडौं । मिर्गौला बेचविखन आरोपमा प्रहरीले डाक्टर, जनप्रतिनिधिसहित १२ जनालाई आइतबार सार्वजनिक गरिएको छ ।

 

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो चितवनबाट तीनजना डाक्टर र ललितपुरबाट नौं जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ललितपुर महानगरपालिकाका एक वडाध्यक्ष समेत छन् । जसमा दुई महिला पनि छन् । 

 

पक्राउ परेका वडाध्यक्ष ललितपुर महानगर वडा नम्बर ३ का अध्यक्ष श्रीगोपाल महर्जन रहेको प्रहरीले जनाएको छ। अवैध रुपमा मिर्गौला प्रत्यारोपणमा गर्ने समूहलाई सघाएको वडाध्यक्ष महर्जनलाई आरोप छ। उनले नक्कली नाता प्रमाणित गर्ने कागजमा प्रमाणित गरेकोले नियन्त्रणमा लिइएको ब्युरोले जनाएको छ।

 

उनीहरूलाई म्याद थपका लागि जिल्ला अदालत ललितपुर लगिएको छ । एक वर्षअघि काठमाडौँका एक पुरुषको मिर्गौला प्रत्यारोपणको विषयलाई लिएर उनीहरुलाई अनुसन्धान गर्ने भन्दै नियन्त्रणमा लिइएको हो । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार