• शनिबार १-८-२०८१/Saturday 04-20-2024
मनोरञ्जन

अमिताभ र अभिषेक बच्चनमा देखियो कोरोना संक्रमण

मुम्बई । बलिउड अभिनेता अमिताभ बच्चनसँगै उनका छोरा तथा  अभिषेक बच्चनलाई पनि कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

 

अभिषेकले आफ्नो आधिकारिक ट्विटरमार्फत् आफू र बुवा अमिताभलाई कोरोना सङ्क्रमण भएको जानकारी दिएपछि दुवैजनालाई अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

 

अभिषेकले दुवैजनालाई कोरोनाको सामान्य लक्षण देखिएको ट्वीटरमार्फत् जानकारी दिएका थिए । अहिले उनीहरुका परिवारका अरु सदस्यको समेत कोरोना परीक्षण भइरहेको छ । परिवारका सदस्यको रिपोर्ट भने आज आउने जनाइएको छ ।

 

हिजो बेलुका अमिताभले पनि ट्वीटरमार्फत् गएको १० दिन भित्र आफ्नो सम्पर्कमा आउनेहरुलाई पनि कोरोनाको परीक्षण गराउन आग्रह गरेका थिए । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार