• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
देश/प्रदेश

सोमवारसम्म बर्षाको सम्भावना, सर्तक रहन आग्रह


काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पनि आगामी तीन दिनसम्म देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको जनाएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिकै रहेकाले सोमबारसम्म उक्त प्रणालीको असर रहने मौसमविदले बताएका छन् ।

 

आगामी सोमबारसम्म देशैभर सामान्यदेखि पूर्ण बदली रही सबै प्रदेशमा हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश १, २, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद राजु प्रधानांगले जानकारी दिए।

 

म्याग्दी, जाजरकोट, सिन्धुपाल्चोक, कास्की रुकम लगायतका पहाडी जिल्लामा सबैभन्दा धेरै मानवीय क्षति भएको छ । पहाडी जिल्लामा हाल पहिरोको जोखिम उच्च रहे पनि अब तराईका जिल्लाहरुमा बाढी र डुवानको समस्या विकराल बन्न सक्ने विज्ञहरुले जनाएका छन् ।

 

राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले अब तराईँका जिल्लामा विपद सुरु हुन सक्ने चेतावनी दिँदै त्यसको सामनाका लागि आफूहरु लागिपरेको प्रधानांगले बताए।

 

कोरोना महामारीको समस्याबाट गुज्रिरहेको नेपाल पछिल्लो तिनदिन यता बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोपबाट विक्षिप्त बनेको छ । कोरोनाका कारण मृत्यु हुने भन्दा बाढी पहिरोका कारण मृत्य हुने र बेपत्ता हुनेको संख्या अधिक छ । त्यसैले विपदको यो घडिमा राज्यको सम्पूर्ण संयन्त्र राहत, उद्धार र पुनस्र्थापनाको काममा खटिन आवश्यक छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार