• बुधबार १-५-२०८१/Wednesday 04-17-2024
देश/प्रदेश

३३ किलो सुनकाण्डका फरार आरोपी पक्राउ

काठमाडौं । ३३ किलो सुनकाण्डका फरार प्रतिवादीलाई शनिबार प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । 

 

पक्राउ पर्नेमा फरार प्रतिवादी हरिशरण खड्का रहेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाहीले जानकारी दिए । उनका अनुसार उनी इन्टरपोलमा ‘रेडकर्नर नोटिस’ जारी भएका प्रतिवादी हुन् । 

 

अध्यागमनका कर्मचारीले उनको पहिचान गरेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि उनी पक्राउ परेको शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार सो सुनकाण्डमा ७७ जनाविरुद्ध मुद्दा चलाइएको छ । उनी पछिल्लो समयमा युएई बस्दै आएका थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार