• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
देश/प्रदेश

म्याग्दीको पहिरोमा मृत्यु हुनेको संख्या २७ पुग्यो

म्याग्दी । म्याग्दीमा बाढी पहिरोमा परेर वेपत्ता भएकाहरु मध्ये हालसम्म २७ जना शव भेटिएको छ । ४ जना अझै वेपत्ता रहेका छन् ।

 

जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार हालसम्म मालिका गाउँपालिका बिममा बर्ष ४० की बिष्णु पौडेल, ४ की ईच्छा पौडेल,गौदेवी नेपाली, विशेष नेपाली, विर बहादुर नेपाली, निजको ३ महिनाको छोरी निशा नेपाली, बिष्णु नेपाली र सन्दिप नेपाली रहेका छन् । बेपत्ताको खोजीमा परिचालन भएको नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयवासीले पहिरोले पुरिएको अवस्थामा उनीहरुको शव फेला पारेको हो ।  

 

मराङको रिखको पहिरामा ४० वर्षीय धनबहादुर जुग्जाली, ३३ वर्षीय रितुकुमारी जुग्जाली, १० वर्षीया करिष्मा जुग्जाली, आठ वर्षीया कञ्चन जुग्जाली, पाँच वर्षीय अर्जुन जुग्जाली, ५५ वर्षीया गौशरा जुग्जाली, २१ वर्षीया दिमा जुग्जाली, तीन वर्षीय दिप्ती जुग्जाली र एक वर्षीय दिवन जुग्जाली बेपत्ता छन् । कल्लेनीका ५१ वर्षीय जनिमा केसी र १६ वर्षीय सबिन पुनको खोजी भइरहेको छ । दुखु खोलाले बगाएर बेपत्ता भएकी मालिका–६ की ४० वर्षीया गीता रोकाको अवस्था पनि अज्ञात छ ।  

 

त्यस्तै रघुगगा गा.पा.६ ठाडाखानि बस्ने बर्ष ५० नलिमान छन्त्यालको शुक्रबार नै शब भेटीएको थियो । हालसम्म बिभिन्न स्थानबाट १२ जना घाईतेहरुलाई घटनास्थलबाट उद्धार गरिएको छ । घाइते मध्ये मालिका गा।पा।७ विमका पूर्ण बहादुर नेपाली, धवलागिरीको मराङका मन्जिता श्रीपाली,सफल श्रीपाली, सतदेबी बिटालुलाई पाखेरा मणिपाल शिक्षण अस्पताल उपचारका लागि रिफर गरिएको छ ।   

 

बेपत्ताको खोजी र उद्धारका लागि शनिबार बिहान सुरक्षाकर्मी घटनास्थल पुगेका हुन् ।  पहिरोमा परेर घाइते भएका मराङका दुई र बिमका एक जनाको ओमकुमारी शान्ति कोष र जिसी ग्रुपको समन्वयमा प्रभु एयरको हेलिकप्टरबाट उद्धार गरिएको छ ।      

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार