• शनिबार १-८-२०८१/Saturday 04-20-2024
डबली

कविता : संंकल्प

लिम्पियाबाट देखिने,आफ्नै पूर्व कस्तो होला ?
गुन्जिगाउँको सगरमा, दीव्य धुर्व कस्तो होला ?

 

लिपुलेकमा हिउँ खेल्ने, सपना बुन्नु छ
महाकालीको कलकलमा,आफूलाई सुन्नु छ
सत्यको अग्निमा तपेको, हक सन्ततिको हो
विनयको शक्तिभित्र, ध्यय शान्तिको हो।

 

यात्राको भोक भो, कुन्जोपन चुन्नु छैन
सबको सुरताल मिल्यो, कोलाहल सुन्नु छैन
एक श्वास एक कदम, धैर्यसाथ लम्किनु छ
तीन कोटि मन, एकैसाथ धड्किनु छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार