• शनिबार १-८-२०८१/Saturday 04-20-2024
बिश्व

जी न्युजका सम्पादकले मागे माफी,नेपाल विरोधी ट्वीट हटाए

काठमाडौं । भारतीय टेलिभिजन जी न्युजका प्रधान सम्पादक सुधीर चौधरीले नेपाल विरुद्ध लेखेको ट्वीट हटाएका छन् । आफ्नो टिप्पणीले नेपाली दर्शकहरुमा चोट पुगेको भन्दै नेपालबारे लेखेको ट्वीट हटाएका उनले जानकारी दिएका छन् ।

 

‘नेपालले भारतीय न्युज च्यानलको प्रसारण बन्द गरेको छ । यो देश त भारतका न्युज च्यानलका एंकरसँगै डरायो त । सेना त अघि त सर्नै परेन’, चौधरीले आफनो ट्वीटमा लखेका थिए ।

 

सुधीरको यस्तो टिप्पणीप्रति धेरैले आपत्ति जनाउँदै विरोध गरेपछि उनले सो ट्वीट हटाएका हुन् ।  उनले आफनो ट्वीटले नेपाली दर्शकहरुलाई चोट पुर्याएको र धेरै साथीले उक्त विचार सही नभएको सुझाव दिएपछि  ट्वीट हटाएको जानकारी अर्को ट्विट मार्फत दिएका थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार