• शनिबार १-८-२०८१/Saturday 04-20-2024
राजनीति

नेतृ गिरीको सांसद पद चट

काठमाडौं । समाजवादी पार्टीकी नेतृ सरिता गिरी आजदेखि सांसद पदबाट मुक्त भएकी छन् । संघीय संसद सचिवालयले गिरीको सांसद पद रिक्त भएको सूचना जारी गरेसंगै उनी पूर्व सांसद बनेकी छन ।

 

संसदका महासचिव भरतराज गौतमले सभामुख अग्निप्रसाद सापकोटालाई समाजवादी पार्टीले संसद सचिवालयलाई दिएको पत्रबारे जानकारी दिएपछि गिरीलाई पदमुक्त गरिएको हो ।

 

सांसद गिरीलाई पार्टीले पार्टीबाट निष्कासन गरेको जानकारी संसद सचिवालयलाई दिएको र उक्त जानकारी नियमअनुसार नै पाइएकाले उनको सांसद पद रिक्त भएको सूचना जारी गरिएको हो ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार