• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
राजनीति

प्रधानमन्त्री ओली र  अध्यक्ष दाहाल बीचको वार्ता बिना निष्कर्ष टुंगियो

काठमाडौं । नेपाल कम्युष्टि पार्टी ९नेकपा० मा चुलिएको विवाद समाधानका लागि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबारको वार्ता बिना निष्कर्ष टुंगिएको छ । 

 

प्रधानमन्त्री ओलीको असार १४ गतेको अभिव्यक्तिपछि नेकपाभित्रको सङ्कट झन् गहिरिएको थियो । ओलीसँगको वार्ताबारे प्रचण्डले ओली समुहका माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतमलगायतलाई गर्ने गरिएको ‘ब्रिफिङ’ मा ओलीले दुवै पदबाट राजिनामा दिनुपर्छ भन्ने आफ्नो अडान यथावत् रहेको बताउदै आएका उहाँ निकट नेताले बताएका छन् ।

 

ओली  समुहका नेताहरूको दबाबका कारण पार्टी अध्यक्ष प्रचण्ड आफ्ना अडानबाट पछि हट्न सकिहाल्ने स्थिति कमै देखिएको छ ।ओलीलाई प्रधानमन्त्रीबाट हटाउन नसके पार्टी एकल रूपमा सञ्चालन गर्न पाउने गरी सहमति गर्नुपर्ने प्रचण्डनिकट नेताहरूको मत छ । यसका लागि दोस्रो तहका नेताहरू समेत छलफलमा सक्रिय छन् ।

 

दुई अध्यक्ष तीन दिनदेखि वान–टु–वन वार्तामा छन् । प्रधानमन्त्रीले दुवै पद छाड्नुपर्ने अडानमा प्रचण्ड छन् । प्रधानमन्त्री राजीनामा बाहेकका विषयमा सहमति खोज्न तयार रहेको बताउँदै आएका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार