• शनिबार १-८-२०८१/Saturday 04-20-2024
अर्थ

फेरी बढ्यो सुनको मुल्य 

काठमाडौ । बुधबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढेको छ । 

 

बुधबार सुनको मूल्य तोलामा ९१ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासघका मूल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले बताएका छन् । तेजाबी सुन प्रतितोला ९१ हजार ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

यसैगरी बुधबार चाँदीको मूल्य तोलामा ५ रूपैयाँ बढेर ९ सय ५५ रुपैयाँमा कारोबार भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य महंगो भएकाले नेपालमा पनि बढेको शाक्यले बताए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार