• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
रंगमञ्च

सवारी दुर्घटनामा दुई कलाकारको निधन

काठमाडौं । राष्ट्रिय नाचघर जमलमा कार्यरत दाङ लमही नगरपालिका ६ का कलाकार (नृत्य निर्देशक) गोरन चौधरीको सवारी दुर्घटनामा निधन भएको छ । उनी शुक्रबार राति काठमाडौंको चपलीमा मोटरसाइकल दुर्घटना हुँदा सख्त घाइते भएका थिए ।

 

उनीसँगै सवारी दुर्घटनामा परेका संस्थानका अर्का कलाकार तिलक सुनुवारको यसअघि शनिवार नै निधन भईसकेको थियो। उनले चलाएको मोटरसाइकल अचानक सडकमा पार्क गरिएको डोजरमा ठोक्किन गई दुर्घटना भएको थियो।  चौधरी र सुनुवार दुबै सांस्कृति संस्थानमा जागिरे थिए। 

 

गोरनको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको थियो । उनको उपचारकै क्रममा हिजो ९मंगलबार० बिहान निधन भएको सांस्कृतिक संस्थानका वरिष्ठ कार्यक्रम तथा योजना शाखा प्रमूख प्रभावकरदेव शर्माले जानकारी दिए ।

 

गोरन म्युजिक भिडियोमा व्यस्त कलाकारका रुपमा चिनिन्थे । उनले वीरेन्द्र हमाल, प्रभाकर देव शर्माद्वारा निर्देशन गरेको एक चिहानलगायत थुप्रै नाटकमा अभिनय गरेका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार