• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
राजनीति

नेकपा स्थायी समिति बैठक असार २६ सम्मका लागि स्थगित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको आज बस्ने भनिएको बैठक फेरि स्थगित भएको छ । 

 

आज बस्ने भनिएको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समितिको बैठक असार २६ गते ११ बजे सम्मका लागि स्थगित भएको छ। यसअघि पनि नेकपा स्थायी कमिटीको बैठक स्थगित भएको थियो । 

 

पार्टीमा शुरु भएको गतिरोध अन्त्यका लागि दुई अध्यक्ष निरन्तर छलफलमा रहेकाले स्थायी समिति बैठक स्थगित भएको जनाइएको छ। पार्टी एकताका लागि दुई अध्यक्ष मिल्नुपर्ने बताइएपछि ओली र प्रचण्ड आइतबारबाट नियमित छलफलमा छन्।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार