• बुधबार १-५-२०८१/Wednesday 04-17-2024
मनोरञ्जन

गुरुङ र मगर ‘स्टार २०२०’ बाट विभुषित

काठमाडौं । लायन्स क्लब अफ काठमाडौं क्रिएटिभ युथका संस्थापक अध्यक्ष गनिका गुरुङ र पूर्व अध्यक्ष अनिल बुर्जा मगरलाई वल्र्ड बुक अफ रेकर्ड, लण्डनले ‘स्टार २०२०’बाट विभुषित गरेको छ।

 

समाजसेवी तथा लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक (३२५ ए वान) का डिस्ट्रिक गर्भनर लायन टंकबहादुर श्रेष्ठको प्रमुख आतिथ्यता तथा जि.एस.टि मल्टीपल कोओर्डिनेटर लायन अन्नतप्रसाद भेटुवाल, भाइस डिस्ट्रिक गर्भनर लायन कर्म गुरुङ, र्‍यापर निर्णय श्रेष्ठ र पि.ई.एफका अध्यक्ष विष्णु पोखरेलको विशेष उपस्थितिमा राजधानीमा गुरुङ र मगरलाई ‘स्टार २०२०’को प्रमाण–पत्र प्रदान गरिएको छ । 


वल्ड बुक अफ रेकर्ड, नेपालका अध्यक्ष सागर कटवालका अनुसार वल्ड बुक अफ रेकर्ड विश्वव्यापी रूपमा रेकर्डहरू प्रमाणिकरण गर्ने अन्तर्राष्ट्रिय संस्था हो । यसले बेलायत, अमेरिका, अष्ट्रेलिया, क्यानाडा, केन्या, मोरिसिस, भारत, सिंगापुरबाट आफ्नो गतिविधिहरू सञ्चालन गर्दै आईरहेको छ । एसिया, अफ्रिका र युरोपभर विश्वव्यापी सञ्जालमार्फत वल्ड बुक अफ रेकर्डले ऐतिहासिक सम्पदा, मठमन्दिर र सामाजिक, आर्थिक, सांस्कृतिक, सांगीतिकलगायतका क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएका व्यक्ति र संस्थालाई सूचिकृत र सम्मानित गर्दै आएको छ ।


यहि सन्दर्भमा वल्र्ड बुक अफ रेकर्डले कोभिड–१९को महामारी र लकडाउनको अवस्थामा विभिन्न मानवीय सेवा कार्यहरुमार्फत विशेष योगदान पुर्‍याएको भन्दै गुरुङ र मगरलाई विभुषित गरेको हो । उनीहरु ८ वर्ष देखि निरन्तर रूपमा समाजसेवामा सक्रिय छन् । दुबै लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ एवानको सदस्य हुन् ।


उनीहरुले चेपाङ बस्तीदेखि संखुवासभा, मुगु देखी बाजुरा हुँदै अनेक दैविक प्रकोप, बाढी पहिरो र अहिले कोभिड–१९ महामारीको बेलामा पनि सामाजिक काममा सक्रियता देखाएका छन् । उनीहरुले ‘हङ्गर रिलिफ प्रोग्राम’ र रक्तदान कार्यक्रम मार्फत सेवा कार्यलाई विशेष रुपमा अघि बढाएका थिए । दुवैलाई वल्र्ड बुक अफ रेकर्डका अध्यक्ष सन्तोष शुक्ला, वल्ड बुक अफ रेकर्ड नेपालका अध्यक्ष सागर कटवाललगायत नेपाल र लण्डनका विशिष्ट व्यक्तित्वहरूले बधाई दिएका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार