• बुधबार १-५-२०८१/Wednesday 04-17-2024
डबली

सुनैनाको चित्रमा पीडै-पीडा 

काठमाडौं । विश्वव्यापी महामारी कोभिड-१९ को कारण देश अहिले लकडाउनमा छ । यो अवस्थामा खास गर्भवती महिला, बालबालिकाहरु र मजदुरलाई धेरै नै कठिनाइ भएको छ । यही कुरालाई मध्यनजरमा राखेर कलाकार सुनैना ठाकुरले चित्रकला (मिथिला) मार्फत उनीहरूका पीड़ा, चिन्ता र चुनौतीलाई क्यानभासमा कोरेकी छन् ।

 

‘गर्भवती महिला यसै पनि पीडामा हुन्छन्, कोरोना संकटमा उनीहरु थप त्रासमा रहने हुनाले आफुले यही कुरालाई क्यानभासमा उतारेको कलाकार ठाकुरले बताईन । उनले भनिन्, कोरोना संकटबाट जब पहिलो पटक सुत्केरी महिलाको मृत्यु भयो । उक्त घटनाले कतिपय गर्भबती महिलाहरुमा मानसिक त्रास बढ्यो । 

 

 

कतिपय अस्पतालले कोरोना आशंकाको बहानामा सुत्केरी व्यथा लागेर अस्पताल पुगेकालाई उपचार गर्न मानेनन् । फोन गरेर बोलाउँदा एम्बुलेन्स आउन नमानेको घटना त कति हो कति, उनले सुनाइन । यस्तै उनले चित्रको माध्यमबाट मजदुरी गरेर जीविका चलाउने मजदुर, किसान र दैनिक ज्यालादारीमा गुजारा गर्नेहरुको मुख्य चुनौतीलाई पस्कन खोजेकी छन् ।

 

मधेशमा जन्मेकी सुनैनाले केबल चित्र कोर्न मात्रै काम गर्दिनन् । घुम्टोभित्रै जेलिएर घरभित्रै थुनिएका  महिलाहरुलाई सिर्जनाको रंगीन संसारमा आउन बाटो देखाउने काममा पनि उनको धेरै सहयोग छ । उनलाई यो काममा श्रीमान शम्भू ठाकुरले धेरै नै सहयोग गरेको उनले बताईन । उनले भनिन्, ‘यदि मेरो श्रीमानले मलाई सहयोग गर्नु भएको थिएन भने म आज यो स्थानमा आउन सक्दिन थिएँ ।’ 

 

जापान, अमेरिका, बांगलादेश लगायत दर्जनौँ विदेशी भूमिमा पुगे आफ्ना सिर्जना प्रस्तुत गरेकी सुनैनाले दर्जनौ अन्तराष्ट्रिय पुरस्कार पाएकी छिन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार