• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
खेलकुद

सन्दीप लामिछाने जमैका तलावाजबाट खेल्ने

काठमाडौं । सन्दीप लामिछानेले यस सिजनको क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेट जमैका तलावाजबाट खेल्ने भएका छन् । हिजो भएको ड्राफ्टबाट सन्दीपलाई जमैका तलावाजले अनुबन्ध गरेको हो ।

 

उन्नाइस वर्षीय लामिछानेलाई यस यामको सिपीएलका लागि जमैका तलावाजले गएराति  ९० हजार डलर ९१ करोड रुपैयाँ० मा अनुबन्ध गरेको हो । जमैका तलावाजले उनलाई दोस्रो राउन्डमा छनोट गरेको हो । ड्राफ्टका लागि २३ देशका ५३७ खेलाडीले नाम दर्ता गराएका थिए ।

 

यो सीपीएलमा सन्दीपको अहिलेसम्म कै सर्वाधिक महँगो मूल्य हो । सन्दीपलाई यस अघि सेन्ट किट्सले ५ हजार अमेरिकी डलर र बार्बाडोसले ७० हजार अमेरिकी डलरमा अनुबन्धन गरेको थियो ।

 

नेपाली क्रिकेटका ग्लोबल आइकन सन्दीप ड्राफ्टमा सहभागी ५ सय ३७ खेलाडी मध्ये एक्लो नेपाली हुन् । सिपिएलले पहिलो पटक ड्राफ्टअघि नै विदेशी खेलाडी अनुबन्ध गर्ने प्रावधान अगाडी सारेको हो । हरेक खेलाडीले अधिकतम ५ खेलाडी अनुबन्ध गर्न पाउनेछन् ।

 

यसअघि उनी सिपीएलको पहिलो संस्करण सन् २०१८ मा सेन्ट किट्स एण्ड नाभिस प्याट्रियट्सका लागि पाँच हजार तथा दोस्रो संस्करण सन् २०१९ मा बार्बाडोस ट्राइडेन्सका लागि ७० हजार अमेरिकी डलरमा अनुबन्धित भएका थिए । 

 

यस वर्षको सिपीएल ट्रिनिडाड एण्ड टोबागोमा आगामी गस्ट १८ देखि सेप्टेम्बर १० तारिखसम्म आयोजना गरिने भएको छ । कोरोना भाइरसका कारण उक्त समयमा प्रतियोगिता हुने नहुनेबारे भने अन्योल नै छ ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार