• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

सरिता गिरी पार्टीबाट निष्कासित, सांसद पद पनि गयो

काठमाडौं । समाजवादी पार्टी नेपालले सरिता गिरीलाई कारबाही गरेको छ  । उनलाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी र सांसद पदबाट हटाउने निर्णय गरेको हो ।

 

आज बसेको समाजवादी पार्टीको बैठकले गिरीलाई पार्टीबाट कारबाही गर्ने र सांसदबाट हटाउने, सोको जानकारी संसदलाई दिने निर्णय गरेको हो । गिरीले लिम्पियाधुरा सहितको नेपालको अद्यावधिक नक्सा संविधानमा राख्ने संविधान संशोधन प्रस्तावमाथि असहमति राखेकी थिइन्।

 

जेठ २७ गते निसान छाप परिवर्तन गर्न संविधान संशोधनका लागि मतदान भएको थियो। समाजवादी पार्टीले संविधान संशोधनका पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो। संसदमा बोल्न नपाएपछि सांसद गिरी भने बैठक चलिरहँदा बाहिरिएकी थिइन्।

 

सो विषयमा छानबिन गर्न समाजवादी पार्टीले पार्टी महासचिव रामसहायप्रसाद यादवको संयोजकत्वमा कार्यदल बनाएको थियो। कार्यदलमा मोहम्मद इस्तियाक राई र सुशीला श्रेष्ठ सदस्य थिए। यादव नेतृत्वको कार्यदलले गिरीलाई कारबाहीको सिफारिसका लागि पार्टी केन्द्रीय कार्यालयलाई सिफारिस गरेको थियो।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार