• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
देश/प्रदेश

करेन्ट लागेर एक किशोरीको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर १ महेन्द्रवस्तीकी १९ वर्षीया किशोरी सरस्वती धामीको विद्युतीय करेन्ट लागेर ज्यान गएको छ । 

 

इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रहरी निरीक्षक वकिल बहादुर सिंहका अनुसार, मंगलबार (आज) बिहान पानी परिरहेको समयमा किराना पसलको सटर खोल्ने क्रममा सटरबाटै विद्युतीय करेन्ट लागेर धामीको ज्यान गएको हो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार