• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
खेलकुद

आज विश्व क्रिकेटका 'क्याप्टेन कूल' को बर्थडे 

काठमाडौं । भारतको झारखंडमा जन्मेका महेंन्द्र सिंह धोनी आफ्नो प्रदेश कै पहिलो अन्तर्राष्ट्रिय क्रिकेटर हुन । २३ बर्षको उमेरमा पहिलो पटक टीम इंडियाबाट खेल्न पाएका धोनी केहि समयमा नै भारतीय क्रिकेट टिमको कप्तान बन्न सफल भए । अवहेलना गरिएको ठाउँबाट आएर पनि उनले पाएको सफलताले धेरै लाइ प्रेरित गर्ने गरेको पाइन्छ साथै खेलाडी चयनकर्तालाई पनि सहर बाट टाढा खेलाडी खोज्न बाध्य गराएको छ । 


आइसीसीले आयोजना गर्ने फरक तीन बिश्वकप जित्ने एक मात्र कप्तान बन्न सफल धोनीको ७ जुलाई अर्थात आज जन्म दिन हो । उनी आजबाट ३९ बर्षका भए । ७ जुलाईमा जन्मेका धोनीले आफ्नो भारतीय टिम र क्लबका लागि ७ नम्बरको जर्सी लगाएर खेल्ने गर्छन । 

 

आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेल नै चिरपरिचित पाकिस्तानसग खेलेका धोनीले राम्रो विकेटकिपिंग का साथै धुआंधार ब्याटिङ गरे। तत्कालै उनको यस प्रदर्शनले उनलाई अन्तर्राष्ट्रिय अंतरराष्ट्रीय क्रिकेटमा ऑस्ट्रेलियाका दिग्गज खेलाडी एडम गिलक्रिस्टसंग तुलना हुन थाल्यो । दुबैजना विकेटकिपर ब्याट्सम्यान हुनुको साथै अन्तिम समयसम्म पनि लड्न सक्ने क्षमता थियो । 

 

इन्डियाको क्रिकेट  बोर्डले तीन बर्ष भित्र नै  धोनीलाइ वनडे र  टी-२०  को  कप्तान नियुक्त गरिदियो । उनको कप्तानीमा २००७ मा भारतले टी(२०  वर्ल्डकप कब्जा गर्यो भने अर्को बर्ष ऑस्ट्रेलिया भएको सीबी सीरीजको फाइनल पनि जित्यो । यसपछि उनलाई टेस्ट टिमको कप्तान बनाइयो । 

 

२००८ मा  टेस्ट कप्तानी समाले संगै ऑस्ट्रेलिया, इंग्लैंड र न्यूजीलैंडमा सीरीज  जिते र सन् २००९ मा भारतलाइ  टेस्ट क्रिकेटमा  नंबर-१ बनाए । भारतीय टिम बिदेशी जमिनमा पनि राम्रो खेल्न सक्छ भन्ने छाप बनाउन सफल भए । यद्दपी उनको करियरमा सधै सफलता मात्र मिल्ने अवस्था थिएन । तर लगातारको जित वा हारले उनले आफ्नो स्वभाव परिबर्तन गरेनन। उनी सधै शान्त रहने हुँदा उनलाई 'क्याप्टेन कुल' भनिन थाल्यो । 

 

सन् २०११ मा उनले आफ्नो कप्तानीमा नै भारतलाइ  विश्व कप जिताउन सफल भए भने २०१३ मा अस्ट्रेलियालाई उसको देशमा नै ४(० ले जिते भने त्यहि साल इंग्लैंडमा  चैम्पियंस ट्रफी जिते भने आर्को बर्ष टी-२०  वर्ल्ड कपको  फाइनलसम्म पुगे । 

 

तर डिसेम्बर २०१४ मा धोनीले  अस्ट्रेलियासंगको सीरीजको  बीचमा नै अचानक टेस्ट कप्तानी छोडे र तत्कालै टेस्ट क्रिकेटबाट रिटायर्ड हुने  घोषणा गरिदिए । त्यस्तै सन् २०१७ मा उनले सीमित ओवरोंको खेलको कप्तानी पनि छोडेर आफ्नो उत्तराधिकारी विराट कोहलीलाई बाटो खोलिदिएका थिए ।  

 

वर्ल्ड कप-२०१९ मा महेन्द्र सिंह धोनीको सुस्त बल्लेबाजीले गर्दा उनी निशानामा परेका थिए । सेमिफाइनलमा भएको भारतको  हारपछि उनलाई क्रिकेट गतिविधिमा देखिन छोड्यो । यो संगै उनले सन्यास लिएको अड्कल हुन थाल्यो । 

 

यो बर्ष आईपीएल सगै उनको क्रिकेटमा फिर्ता हुने अड्कल गरिएको थियो तर कोभिड-१९ ले ल्याएको असहज परिस्थितीले उनको क्रिकेटमा फिर्ता हुने सम्भावना अनिश्चित गरिदिएको छ । 

 

धोनीको अन्तर्राष्ट्रिय करियर
महेंद्र सिंह धोनीले ३५० अन्तर्राष्ट्रिय वनडेमा ५०.५७ को औसतले १०७७३ रन बनाएका छन। मध्य क्रममा आएर अन्तिम अबस्थासम्म खेल्ने जिम्मेवारी पाउने धोनीले यस क्रममा  १० शतक र ७३  अर्धशतक बनाएका छन । उनले बनाएको १८३ नट आउट उनको  उच्चतम स्कोर हो भने उनले ४४४ पटक स्टम्पिंग गरि बिपक्षी खेलाडीलाई आउट गरेका छन ।

 

धोनीले ९०  टेस्ट खेलमा ३८.०९ को औसतमा ४८७६ रन बनाएका छन। यस क्रममा उनले ६ स्टक र ३३  अर्धशतक बनाए भने २२४ उनको उच्चतम स्कोर हो । यस शैलीको खेलमा उनले २९४ पटक स्टम्पिंग गरि बिपक्षी खेलाडीलाई आउट गरेका छन।

 

त्यस्तै भारतको लागि उनले ९८ अन्तर्राष्ट्रिय टी २० खेल्दा ३७.६०को औसतमा १६१७ रन बनाएका छन ।  यस क्रममा उनले २ अर्धशतक बनाएका छन भने ५६ उनको उच्चतम स्कोर हो । ९१ पटक  स्टम्पिंग गरि बिपक्षी खेलाडीलाई आउट गरेका छन ।  एजेन्सी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार