• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
स्वास्थ्य

मेरा आखाँबाट : कोभिड-१९ ले मेरो जीवन उलटपुलट गर्‍यो : भाग २   

काठमाडौं । अस्पतालबाट फर्केपछि मैले मेरो बुवाको स्वास्थ्यबारे चलेको नराम्रो खबरलाई लिएर आमालाई चिन्तित नहुन सल्लाह दिए ।  तर त्यहि समय मैले गलत भ्रम सिर्जना गर्न चाहिन । आमाको दुख देखेर म दुखि भएँ । 

 

मेरो लागि आशा बनेकी श्रीमती, जो म सँगै नजिक थिईन, र मेरो छोरा जसले मेरो घर खुसिले भरिदिएको छ । मार्च २८ मा मेरो छोराको जन्मदिन हो, जुन दिनको लागि उ धेरै समय कुरी रहेका थिए । उनी जन्मदिन आफ्नो साथीहरुसंग चिडियाखाना जाने सोचेका थिए तर हामी घरभित्र बुवा कुनैपनि दिन मर्नु हुनेछ भन्ने डरसँगै थुनिएका थियौं । 

 

क्वारेन्टाइनमा शोक 
आर्को नौं दिन बित्यो र अब मात्र २ दिन बाँकी थियो हाम्रो क्वारेन्टाइन सकिन । मैले धान्न नसकेपछि मैले बाहिर जान मन गरें । यदि म पोजेटिभ भएँ भने मेरो जीवन नै सकिन्छ । म डराएको थिएँ र स्वाव लिन अनुरोध गरें । अन्तिममा मेरो र आमाको स्वाव लिने भए । 

 

त्यही समयमा मेरो बुवाको अवस्था अझ नाजुक भयो र अप्रिल ७ बिहान १ः३० बजे, मलाई हस्पिटलबाट फोन आयो । दुर्भाग्यबस, उहाँ बित्नु भयो र मेरो संसार डल्यो । मलाई थाहा भने अब मैले के गर्नुपर्छ । बुवा गुमाएको पीडामा मेरो लागी आमा र भाइलाई यो खबर गर्नुपर्ने अवस्था मेरो लागी अझ दुखद थियो ।  

 

बिलाप गर्नु रोकिएको थिएन । हामी घरमा नै थन्किएको थियौं । हामीहरु एकदम गम्भीर शोकबाट पिडित थियौं र हामी प्रशासनिक कार्य समाधान गर्न बाध्य थियौं किनभने कोभिड-१९ का बिरामीको लास अस्पतालमा लामो समय राख्न मिल्ने अवस्था थिएन । 

 

मैले मेरो भाइलाई बोलाएँ र हामीले समाधान खोज्न सुरु गर्यौं किन भने अन्तिम संस्कार गर्दा मात्र तीनजना उपस्थिति हुन पाउने मन्त्रालयको नियम थियो । यस्तो अवस्थामा जियुस धर्म अनुसार अन्तिम सस्कार गर्न सम्भब थिएन ।


आमा र म अझै पनि क्वारेन्टाइनमा नै थियौं र हामीले दाहसंस्कारमा उपस्थित हुन पाएनौं । त्यो अवस्थामा मेरो भाइ, भतिज र एक साथी थिए । मेरो आमा र मेरो परिवारले उक्त अन्तिम संस्कार जुमबाट हेरेका थियौं ।


यो अवस्था साँचो वा झुठ भनेर छुटाउन गाह्रो भएको थियो। मलाई त सपना जस्तो लाग्थ्यो । दाहसंस्कारको दिन उनिहरु हाम्रो स्वाबको निम्ति घर आउने कुरा थियो । मलाई डर थियो उनीहरु गलत समयमा आउने छन । तर उनीहरु अलि ढिलो आए । 

 

उनीहरु एम्बुलेन्समा आए र आफुलाई तयार गरे । जुत्ता छोपेको, दुई जोर पन्जा, हुड, भाइजर र मास्क लगाएर हाम्रो अपार्टमेन्ट आउँदा हाम्रा छिमेकीका आखाँहरुले पत्याउन सकेनन् । उनीहरुले घरको ढोकामा घन्टी बजाए र हामीलाई जमिन तलामा बोलाएर हाम्रो स्वाब लिन थाले । हामीलाई घिन लाग्यो । 

 

त्यहि समयमा हाम्रो क्वारेन्टाइन समय सक्कियो। तर स्वाब को नतिजा आउन हामीले ३ दिन कुर्नपर्ने हुन्थ्यो । म पोजेटिभ देखिएँ र आमा नेगेटिभ । अब यो अवस्थामा उनीहरु फेरी आएर मेरो श्रीमती र छोराकू स्वाब लिनु पर्ने भयो । मैले आमाको फेरी स्वाब लिन भने। यो पाली आमा पोजेटिभ देखिनु भयो भने परिवारको अन्य सदस्य नेगेटिभ । त्यसकारण, उनीहरुको सुरक्षाका लागि परिवारको अन्य सदस्यलाई आर्कै ठाउँमा सारियो। यो एकदम गाह्रो निर्णय थियो, श्रीमती र छोराबिना घर पुरै खाली र शान्त थियो । 

 

सबै कुरा परिवर्तन भयो 
म थकित र तनावग्रस्त थिएँ । भाइरसले भन्दा पनि मेरा प्रियजन र साथीहरुको मायाको अभाव र क्वारेन्टाइनमा बस्नु पर्ने बाध्यताले मलाई मारिरहेको थियो। एक साझ, सायद तनावले होला, मलाई एकदम नराम्रोसंग पेट दुख्यो । मेरो आमा आत्तिनु भयो । 

 

मैले एम्बुलेन्स बोलाउन चाहें । तर कोरोना पोजेटिभ भएकोले उनीहरुले मलाइ कोभिड केन्द्रमा लाग्ने छन र मेरो आमा एक्लै हुनु पर्छ भन्ने सोचले मलाइ एम्बुलेन्स बोलाउन देखि रोक्यो । 

 

भाग्यबस मैले मेरो पिडा कम गर्न सकें । तर कोभिड पोजेटिभ भएको कारण बिरामी हुन् नसक्नु, डाक्टर बोलाउन नसक्नु, र औषधिपसल जान नपाउनु एकदम तनाब दिने कारण थियो। कुनै साइन्स फिक्सन फिल्मको परिस्थिति भित्र बाचे जस्तो महसुस भयो ।

 

आफु संक्रमित छैन भनेर पुस्टि हुन हामीले दुई पटकको स्वाब चेकमा नेगेटिभ देखिन पर्छ। मे ३ मा पहिले पटक नेगेटिभ स्वाब देखिए पनि दुर्भाग्यबस मे ५ मा भएको दोस्रो स्वाबमा पोजेटिभ देखियो । त्यसपछि १५ दिनको लागि घरमा नै बसें । 

 

अन्तिममा, मे २० मा दुई नेगेटिभ स्वाब आएपछी म स्वतन्त्र भएँ। क्वारेन्टाइन सक्कियो र म पुन ः बाहिर जान सक्ने भएँ । यो एकदम अनौठो अबस्था थियो र म लामो समय जेल बसेर मुक्त भए जस्तो महसुस गरें । 

 

म अब पुनः सामान्य अबस्थामा फर्कनको छु तर केहि कुरा पनि सामान्य देख्दिन म । बिद्यालय बन्द छन र बच्चाहरु आफ्ना साथीहरुलाइ सम्झिरहेका छन। यो नया अवस्थालाई अनुकूलता  तर्फ लग्न उनीहरुलाई गाह्रो भएको छ। पसल र होटेलहरु खाली छन र मानिसहरु एक अर्कालाई फरक तरिकाले हेर्छन । 

 

यो अनुभवले मलाइ बुझाएको छ कि मैले हरेक दिन कति धेरै सानो कुराहरु लाई मतलब गरेको हुदो रहेनछु । हामी समाजमा बसेर यसको निम्ति जे गर्न पनि तयार छौँ भन्ने  विश्वास गर्छौं तर यस भाइरस नै काफी थियो हाम्रो देशलाई गोडा टेकाउन । हामी मानिसहरु सग भएको सबै भन्दा महत्वपूर्ण चिज – प्रियजनको माया, स्वतन्त्रता, मन पर्ने मानिससंगको भेटघाट बाट पर राख्न यो सफल भयो ।

 

यो भाइरसको आगमनबाट सबैकुरा परिबर्तन भयो। मलाई थाहा छैन कि फेरी हामीले चिनेको  पहिलेको जस्तै सामान्य अवस्थामा नै फर्किन सक्नेछौं ।

 

लेखक : पाउलो फु 

अनुबाद : नारायण न्यौपाने 

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार