• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

सरकार बचाउन चिनियाँ राजदूत नेताहरूको घरमा : अध्यक्ष थापा

काठमाडौं । राष्ट्रिय प्रजातान्त्र पार्टीका अध्यक्ष कमल थापाले चिनियाँ राजदूत हाउ याङ्छी सरकार बचाउन नेताहरूको घरमा पुगेको बताएका छन् । याङ्छीले नेकपा विदेश विभाग प्रमुख माधवकुमार नेपालसँग हिजो बेलुका भेट गरेकी थिइन् । 

 

अध्यक्ष थापाले ट्‍विट गर्दै भनेका छन्, प्रम ओली भन्‍नुहुन्छ, सरकार गिराउन भारतीय राजदूत सक्रिय भए । अर्कोतर्फ चिनियाँ राजदूत सरकार बचाउन नेताहरुको घर पुग्छिन् । 

 

के यस्तै रिमोट कन्ट्रोलबाट चल्ने लोकतान्त्रिक गणतन्त्रले नेपालको हित गर्छ ? राष्ट्रियता जोगाउन सक्छ ? स्वाभिमान र निर्णायकत्व गुमाएको व्यवस्थाले देश बचाउन र बनाउन सक्दैन।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार