• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
देश/प्रदेश

बीरगञ्ज व्यवस्थित गर्ने अभियान अन्तर्गत जनचेतना तथा मास्क बितरण 

राहुल गुप्ता, बीरगञ्ज । समुदाय प्रहरी साझेदारी अन्तर्गत शुरक्षित र ब्यवस्थित  बिरगंज कार्यक्रममा आइतबार  जनचेतना एवं मास्क बितरण गरिएको थियो ।

 

बीरगञ्ज स्प्रीट क्लबद्वारा माइस्थानको मुख्य चोकमा युवाहरुले स्थानीय सर्वसाधारणलाई ट्राफिक नियन पालना, पसल र घर अगाडी फोहोर नगर्न,सामाजिक दुरि बनाउन, कोरोना सङ्ग बच्न मास्क नहुने लाइ मास्क लगाउन र मास्क नहुने लाइ मास्क बितरण गरेको थियो ।

 

कोरोना महामारी र सरकारले लगाएका बन्दाबन्दी खुकुलो पारे पछि जनमानसमा स्वास्थ्य प्रति लापरवाही बढेपछि जिल्ला प्रहरी कार्यालय स्थानीय संघ संस्था सङ्ग साझेदारी गरि बीरगञ्ज सुरक्षित र बजार लाइ ब्यवस्थित गर्ने अभियान बढाए संगै आज यो कार्यक्रम गरिएको कुरा स्प्रीट क्लबका उपाध्यक्ष ओशन गुप्ताले बताए ।

 

सप्ताहव्यापी हुने यस कार्यक्रम बिहान ७:३० देखी ९:३० र साझ ५:०० देखी ६:३० सम्म हुने सचिव गुप्ताले बताए । हाल अहिले यस किसिमका  कार्यक्रम महानगरको प्रत्येक भीडभाड , अति ब्यस्त ठाउमा उक्त ठाउँका युवा क्लब र संघ सन्स्था संग साझेदारी गरि अघि बढ्ने  ट्राफिक प्रहरी पर्सा प्रमुख कमल राज पन्डितले बतए । 

 

उक्त कार्यक्रममा अभियानका अभियन्ता दिलिपराज कार्की,क्लबका सदस्य अभिसेक गुप्ता,  निशा गुप्ता,आरती सहनी, रेस्मा हरलका, ट्राफिक प्रहरी नायव निरीक्षक सुर्य बहादुर थापा, सई  बृज किशोर सिंह लगायतको उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार