• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
अर्थ

नेप्से दोहोरो अङ्कले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार माापक नेप्से परिसूचक सोमबार दोहोरो अङ्कले बढेको छ ।

 

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार माापक नेप्से परिसूचक सोमबार ३३.२७ बिन्दुले बढेर एक हजार २९८.७३ मा पुगेको छ । सेन्सेटिभ परिसूचक ६.३० ले वृद्धि भई २७५.८८ मा पुगेको छ ।

 

स्टकका अनुसार कूल १७६ कम्पनीको २७ लाख ३१ हजार ४९८ कित्ता शेयर रु ९२ करोड ७८ लाख ४१ हजार ३२९ मा कारोबार भएको छ । कारोबार भएका कूल १२ उपसमूह मध्ये सोमबार सामूहिक लगानी कोषको मात्रै अवस्था नकारात्मक छ ।

 

सामूहिक लगानी कोष ०.०६ ले घट्दा बैंकिङ २१.२९, व्यापार १४.४७, होटल ७४.६७, विकास बैंक १४।१५, जलविद्युत् १२.४७, वित्त २.५१, निर्जीवन बीमा २७४.४, उत्पादन ४५.२३, अन्य २९.६२, लघुवित्त ८४.११, जीवन बीमा २६६.४३ बिन्दुले बढेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार