• शनिबार १-८-२०८१/Saturday 04-20-2024
स्वास्थ्य

नेपालमा कोरोनाबाट थप एकको मृत्यु, मृत्यु हुनेको संख्या ३५ पुग्यो 

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । 

 

मृत्यु हुनेमा बागलुङको निसिखोला गाउँपालिका- ३ का २९ वर्षीय पुरुष रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए। 

 

बाग्लुङको मुसिखोला ३ का २९ वर्षीय ती पुरुषको २१ गते क्वारेन्टिनमा मृत्यु भएको हो ।

 

भारतबाट क्षयरोगको उपचार गराएर फर्किएका उनको ढोरपाटन नगरपालिकाको क्वारेन्टिनमा मृत्यु भएको मन्त्रालयका प्रवक्ता गौतमले बताए । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार