• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

नेकपा नेताहरुले आज पार्टी केन्द्रीय कार्यालयमा धर्ना तथा भेलाको आयोजना गर्ने

काठमाडौं । नेकपाका केन्द्रीय नेताहरुले पार्टीको एकता जोगाउन भन्दै आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा धर्ना तथा भेलाको आयोजना गर्ने भउका छन्।

 

दिउँसो २ बजेदेखि ३ बजेसम्म पार्टी एकता जोगाउन दवाव दिने उद्धेश्यले धर्ना दिने कार्यक्रम रहेको पार्टीका केन्द्रीय सदस्य ठाकुर गैह्रेले बताए। धर्नापछि केन्द्रीय सदस्यहरुको भेला समेत आयोजना गरिएको उनको भनाई थियो । भेलामा एकता जोगाउनका लागि के के गर्न सकिन्छ भन्ने बारेमा छलफल हुने उनले जानकारी दिए । 

 

हिजोदेखि नै हस्क्षाक्षर संकलन  भइरहेको र त्यसका बाँकी प्रक्रियालाई कसरी अगाडि बढाउने भन्ने बारेमा भेलाबाट निर्णय लिइने गैरे बताउँछन् ।  कुल केन्द्रीय सदस्य मध्ये २५ प्रतिशतले हस्ताक्षर गरेर बैठकको माग गरेमा बैठक बोलाउनु पर्ने व्यवस्था नेकपाको विधानमा छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार