• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
रंगमञ्च

सरकारलाई 'खबरदार' भन्दै शिल्पी थियटर

काठमाडौं । ‘अभिभावकविहिन जनता’ शीर्षकमा शिल्पी थियटर र ज्ञानदवुले खबरदारी सडक नाटक प्रस्तुत गरेका छन् । पाटन दरबार स्क्वायर परिसरमा उक्त नाटक प्रस्तुत गरिएको हो । 

 

कलाका विभिन्न विधामार्फत राज्यप्रति आक्रोश र असन्तुष्टि पोख्ने हिसावले देखाइएको थियो  नाटक ‘अभिभावकविहिन जनता’ । जहाँ रवि मिश्रका कार्टुन पनि राखिएको थियो। नागरिक अभिभावकविहीन भएको भन्दै सरकारलाई खबरदारी गर्न कार्यक्रम गर्नुपरेको आयोजकले बताएका थिए । कार्यक्रममा कसैलाई औपचारिक आमन्त्रण गरिएको थिएन ।

 

 

राज्यलाई चुनौती दिन कलात्मक तवरले खबरदारी गर्नुपरेको  लेखक तथा अभियन्ता युग पाठकले बताए । उनले यस अभियान जनताको लागि थेरापी र सत्ताका लागि चुनौती भएको पनि प्रस्टाएका थिए ।

 

यस्तै नाट्यकर्मी घिमिरे युवराज भन्छन्, ‘बेचैन र उकुसमुकुस भएकालाई पुरानै अवस्थामा फर्काउन र राज्यलाई जिम्मेवार बनाउन यस अभियानलाई निरन्तरता दिएका हौं ।’ 

 

तस्वीर : जीवन आले


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार