• मंगलबार १-११-२०८१/Tuesday 04-23-2024
राजनीति

नेकपामा केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै हस्ताक्षर संकलन सुरु

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै हस्ताक्षर संकलन अभियान सुरु भएको छ। 

 

शनिबार जुम मिटिङमार्फत ५३ जना केन्द्रीय सदस्यहरूले हस्ताक्षर अभियान सुरु गरेको केन्द्रीय सदस्य ठाकुर गैरेले जानकारी दिए । सचिवालय, स्थायी कमिटीले सङ्कट टार्न नसकेको भन्दै केन्द्रीय कमिटी बोलाउन माग गरिएको उनले बताए । 

 

नेकपाको विधानमा एक चौथाई केन्द्रीय सदस्यले माग गरे बैठक बोलाउनु पर्ने व्यवस्था रहेको छ। ४४१ सदस्यीय नेकपा केन्द्रीय समितिमा हाल ४३७ जना रहेका छन्। एक चौथाईका लागि ११० जना केन्द्रीय सदस्यहरुको हस्ताक्षर आवश्यक पर्छ ।

 

केन्द्रीय सदस्यकाहरूले स्थायी कमिटीले समाधान दिन नसक्ने छाँट देखिएकाले केन्द्रीय कमिटी बैठक माग गरिएको बताउँँछन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार