• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
डबली

अन्धकार र प्रकाश अर्थात गुरुपुर्णिमा

गुरुब्रम्हा गुरुविष्णु गुरुदेव महेश्वर :

गुरु साक्षात् परब्रम्हा तस्मै श्रीगुरवे नम :

 

श्रेया नेपाल, काठमाडौं । असार शुक्ल पूर्णिमाको दिन गायत्री, दिक्षा, वेद मन्त्र सुनाउने र आफुलाई शिक्षा प्रदान गर्ने गुरु प्रति श्रद्धाभाव प्रकट गरी यो पर्व मनाइन्छ ।

 

संस्कृति भाषामा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हो  । यही तेजरुपी प्रकाश प्राप्तीको लागी सम्पूर्ण शिष्यहरुले गुरुको नाममा यसलाई बिशेष महत्वका साथ लिएका हुुन्छन् । गुरु शास्त्रले ब्रम्हा, विष्णु र महेश्वरले समाधान गर्न नसकेको समस्यालाई समाधान गरेको छ । हाम्रो पनि समस्या हामीले समाधान गर्न नसक्दा आफ्नो गुरुको शरण मै पुग्ने गर्दछौंं । जसले हामीलाई सत्मार्गमा डोर्याउछ । 

 

आजको दिन नै चार बेदका रचयिता गुरु ब्यासको जन्म जयन्ती पनि हो । ऋग्वेद, यजुर्वेद, सामवेद र अर्थवेद चार वेदको विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृति भाषामा १८ पुुराण र १८ उपपुराणको रचना गर्नुहुने वेदव्यासको सम्झनामा आज व्यास जयन्ती पनि मनाइने गरिन्छ । ब्यास ऋषीको जन्म यसै दिन भएको भन्ने किम्बदन्ती रहेको छ । सहानुभुति, आत्मविश्वास,नैतिकता,चरित्रवान बन्न गुरुले नै सिकाउनु हुन्छ । सो सिकाईलाई हामीले पछ्याउन सक्यौं भने भविष्यमा असल मान्छे पक्कै बन्न सक्छौं ।


गुरुपूर्णिमाको अवसरमा यस दिन विभिन्न बिधालय एवंम् संधसस्थाले कार्यक्रम गरी शिक्षा,दिक्षा दिने गुरुप्रति सद्भाव प्रकट गर्ने गरेको भएपनि यस वर्ष कोरोना भाइरसको संक्रमणबाट बच्न कमै सार्वजनिक कार्यक्रम भए पनि मानसिक रुपमा श्रद्धाभाव भने छदैंछ ।

 

सधै हामीले पनि कक्षा ५ सम्म सेवा सदन स्कुल काठमाडौमा र कक्षा ६ देखि सैनिक आवासीय महाविधालय भक्तपुरमा विभिन्न कार्यक्रम, शुभकामना आदान प्रदान गरी गुरु पूर्णिमा मनाउने गरेका थियौं तर यस पटक भने कोभिड—१९ का कारण हामी सगैं रहेर रमाइलो गर्दै गुरुलाई शुभकामना दिन पाएनौं । अर्को पटक अवश्य हाम्रो इच्छा पुरा गरौंला ।

 

मलाई अहिलेसम्म गल्ती कमजोरीहरुलाई सच्याँउने मौका दिदैँ हौसला प्रदान गरी उज्यालो मार्गदर्शन तिर धकेल्नु हुने सेवा सदन स्कुल काठमाडौं र सैनिक आवासीय महाविधालय भक्तपुरका आदरणीय गुरुहरुलाई यसै अनलाइन मार्फत गुरुपूर्णिमाको पावन अवसरमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार