• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
राजनीति

ओली र प्रचण्डबीच बालुवाटारमा निर्णायक छलफल सुरु

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच फेरी छलफल शुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर शीतल निवास पुगेर फर्किएका प्रचण्ड प्रधानमन्त्री ओलीलाई भेटन बालुवाटार पुगेका हुन ।

 

छलफलमा ओलीका तर्फबाट उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल र शङ्कर पोखरेल सहभागी छन् । प्रचण्डका तर्फबाट वर्षमान पुन र जनार्दन शर्मा थपिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

 

यसअघि शुक्रवार दुई अध्यक्षबीचको वार्तामा विष्णु पौडेल र जनार्दन शर्मा सहभागी थिए । तीन घण्टासम्म चलेको सो छलफल बिनानिष्कर्ष टुंगिएको थियो । नेकपा स्थायी कमिटी बैठक सोमबार बस्दैछ । त्यसअघि नै सहमति जुटाउन नेतृत्वमाथि दोस्रो तहका नेताहरुको दवाव छ ।


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार