• शनिबार १-८-२०८१/Saturday 04-20-2024
मनोरञ्जन

गायक पराजुलीको ‘मन’ सार्वजनिक

काठमाडौं । गायक सन्जिब पराजुलीको ‘मन’ को भिडियो सार्वजनिक भएको छ । गीतमा हरि लम्सालको संगीत र प्रलाद शाहको शब्द छ । गीतमा रिकेस गुरुङको एरेन्ज तथा प्रकाश मिश्रको मिक्सिङ र मास्टरिङ छ ।

 

गीत ‘मन’ को भिडियोमा गणेश शाहीको निर्देशन छ । भिडियोमा विकास लामिछाने, मलाइका बस्नेत, पुजा शाह र आशिक खड्का फिचर्ड छन् । भिडियोमा फराज अर्पण (नेपाल) र राजीव भुषाल (अष्ट्रेलिया) को छायांकन र फराज कै सम्पादन छ ।

 

गीतकार प्रल्हादको गीत ‘परानै दिन्छु’, ‘हुक्का माथि चिलिम’ लगायतका गीत चलेका गीतमा पर्दछन् । गायक पराजुलीका ‘कर्के नजर’, ‘नाइँ मलाई थाहा छैन’, ‘पहिलो भेटैमा’, ‘हिट हिट गीत’, ‘छैन मलाई पीर’ जस्ता डान्सिङ नम्बरका गीत पछि ‘मन’ बोलको गीत सार्वजनिक भएको हो । सन्जिबको ‘झिलमिल झिलमिल’, ‘त्यो सपना’, ‘तिमी मलाई मन पर्छ’, ‘चाहनामा’ गीत पनि चलेका गीत हुन् ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार