• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

तपाईहरु कता लाग्ने प्रष्ट हुनुहोला : प्रधानमन्त्री ओली

काठमाडों । प्रधानमन्त्री केपी ओलीले मन्त्रीहरुलाई भोलिका दिनमा जस्तोसुकै परिस्थिती आउन सक्ने चेतावनी दिएका छन् । 

 

आज साँझ सबै मन्त्री तथा राज्यमन्त्रीहरुलाई वालुवाटार बोलाएर ओलीले पार्टीभित्रको विवाद तत्काल समाधान हुने संकेत नदेखिएको भन्दै खतराको घण्टी बजेको जानकारी गराएका हुन् ।

 

उनले मन्त्रीहरूलाई तपाईंहरू कता लाग्ने भन्दै प्रश्न सोधेका थिए । 'तपाईंहरू मन्त्रिपरिषद् सदस्य मात्रै होइन । पार्टी कमिटी सदस्य पनि हो । कता लाग्ने प्रष्ट हुनुहोला।'

 

शनिबार साँझ बालुवाटारमा पछिल्लो राजनीतिक घटनाक्रमबारे परामर्श गर्न बोलाएको बैठकमा सत्तारुढ दल नेकपाभित्र भइरहेका गतिविधिबारे मन्त्रीहरूलाई आफ्ना धारणा सुनाएका थिए । साथै आफूले कुनै पनि पदबाट अहिले राजीनामा नदिने मन्त्रीहरु समक्ष ओलीले स्पष्ट पारेका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार