• शनिबार १-८-२०८१/Saturday 04-20-2024
राजनीति

राष्ट्रपतिलाई भेटेर फर्किए प्रधानमन्त्री,मन्त्री र राज्यमन्त्रीहरुसँग छलफलमा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ भेट गरेका छन् ।

 

राष्ट्रपति भवन शीतलनिवासमा सवा घण्टा लामो भएको भेटमा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री र राष्ट्रपतिबीचको यो नियमित भेटघाट हो ।

 

राष्ट्रपतिसँगको छलफलपछि प्रधानमन्त्री ओली अहिले मन्त्री र राज्यमन्त्रीहरुसँग छलफलमा रहेको स्रोतले जनाएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार