• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
देश/प्रदेश

खोकनावासी र प्रहरीबीच झडप, चार प्रहरी घाइते

काठमाडौं । खोकनावासी र प्रहरीबीच खेतमा काम गर्न जाँदा रोकेको विषयमा शनिबार दिउँसो झडप भएको छ । झडपमा परी ४  प्रहरी घाइते भएका छन् । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिनका लागि ७ राउन्ड अश्रु ग्यास समेत प्रहार गरेको थियो ।

 

झडपपछि अहिले सुडोल फाँटमा स्थानीयले पुनः धान रोपेका छन् भने त्यस क्षेत्रमा प्रहरीको बाक्लो उपस्थिति छ । सुडोल फाँट काठमाडौं–तराई जोड्ने द्रुतमार्ग ९फास्ट ट्रयाक० को ‘जिरो किलोमिटर’हो । 

 

खोकनावासीले सरोकारवालासँग छलफल नै नगरी एकलौटी ढंगबाट तयार गरेको मुआब्जा स्वीकार नभएको, फास्ट ट्रयाकसँगै वागमती करिडोर, १ सय ३३ केभी प्रसारण लाइन, बाहिरी चक्रपथको विन्दु पनि खोकना फाँटमै पर्ने भएकाले मौलिक बस्तीको अस्तित्व सखाप हुने भन्दै विरोध जनाउँदै आएका छन् । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार