• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
मनोरञ्जन

'काजल' लिएर आए सुनिल, अर्जुन र सुरेश 

काठमाडौं । गीतकार अर्जुनरत्न भिखारीद्वारा रचना गरिएको सुगम सुंगीतमा आधारित नयाँ गीत ‘काजल‘’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

 

लोकप्रिय संगीतकार सुनिल मास्केद्वारा संगीतबद्ध उक्त गीतमा गायक सुरेश लामाको स्वर सुन्न सकिन्छ । गायक लामा युवा पुस्तामा लोकप्रिय मानिन्छन् । शुक्रवार ओएसआर डिजिटलबाट सार्वजनिक भएको उक्त भिडियोले कम समयमै दर्शकको मन जितेको । गीतले पाएका प्रतिक्रियाहरुले यसका सर्जकहरु उत्साहित भएका छन् ।

 

उक्त गीतमा सञ्जीव बराइलीले संगीत संयोजन गरेका छन् । ए वान म्युजिसियनका किशोर थापाले गीतलाई मिक्स तथा मास्टर गरेका हुन् ।

 

गीतको म्युजिक भिडियोले पनि उत्तिकै प्रशंसा पाएको छ । युवराज वाइवाद्वारा निर्देशित उक्त गीतको भिडियोमा अभिनेत्री मरिष्का पोखरेल तथा मोडल समिर खनालले अभिनय गरेका छन् । लोमस पौडेलको सहायक निर्देशनको यो भिडियोलाई उत्सव दाहालले छायांकन गरेका हुन् भने विकास दाहाल यसका सम्पादक हुन् ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार