• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
मनोरञ्जन

रहिनन् नृत्य कि धनी सरोज खान 

मुम्बई । बलिउडकी चर्चित कोरियोग्राफर सरोज खानको कार्डियक अरेस्टको कारण मृत्यु भएको छ । उनलाई १७ जुन मुम्बईको बान्द्रास्थित गुरु नानक अस्पतालमा भर्ना गरिएको थियो।

 

उनको आज बिहान करीब २ बजे मुत्यु भएको अस्पताल स्रोतले जनाएको छ । उनको मुम्बईको चारकोप चिहानमा अन्तिम संस्कार गरिने भारतीय संचार माध्यमले जनाएका छन् । सरोज खान मधुमेह र यससँग सम्बन्धित रोगबाट ग्रस्त थिइन् । अस्पतालमा भर्ना भएपछि उनको कोरोना संक्रमणको पनि परीक्षण गरिएको थियो जसको रिपोर्ट नेगेटिभ आएको थियो ।

 

उनी ७२ वर्षकी थिइन। आफ्नो करियरमा उनले २००० भन्दा बढी गीतमा कोरियोग्राफ गरेकी एव्ं तीनपटक राष्ट्रिय अवार्ड जितेकी सरोज खानको खास नाम निर्मला सिंह थियो । उनको बुवा आमा भारत पाकिस्तान बिभाजन पछि भारत आएका थिए । 

 

उनले फिल्म 'नज़राना' मा तीन वर्षको उमेरमा एक बाल कलाकारको रूपमा काम गरेकी थिइन् । सानो उमेर देखि नै नृत्यमा कुसल रहेकी सरोजले प्रसिद्ध नृत्य गुरु सोहनलालसग बिहे गरिन । १३ बर्षको उमेरमा नै उनको त्यस्तो व्यक्ति सग भयो जो ४१ बर्षका थिए र पहिलो बिहे बाट ४ सन्तान थिए ।

 

१४ बर्षको उमेरमा नै उनले आफ्नो पहिलो सन्तान हामित खान जो अहिले राज खान (प्रसिद् नृत्य निर्देशक) को नामले चर्चित छन । १९६५ मा श्रीमानसँग छुट्टिएर एक्लै बसिन तर उनको सहायकका रूपमा काम गर्न सुरु गरिन । केहि समय पछि उनले सरदार रोशन खानसंग बिवाह गरिन । 

 

सुरुमा उनले एक सहायक नृत्य निर्देशकको काम गरे पनि १९७४ मा स्वतन्त्र नृत्य निर्देशकको रुपमा काम गरेकी हुन । तर उनले कयौ बर्षको संघर्ष पछि  श्रीदेबीको 'मिस्टर इंडिया' को  हवा हवाई (१९८७) र 'चांदनी' (१९८९) बाट चर्चा कमाइन । त्यस्तै माधुरी दीक्षितसग 'तेजाब' को एक दो तीन (१९८८) र 'थानेदार' को तम्मा तम्मा लोगे (१९९०) र 'बेटा' को धक धक करने लग (१९९२) हिट नृत्य दिएकी थिईन।   

 

उनले निकै लामो समयदेखि कामबाट ब्रेक लिएकी थिइन् । गत वर्ष (सन् २०१९) मा मल्टिस्टारर फिल्म ‘कलंक’ र कंगना रनावतको फिल्म ‘मणिकर्णिः द क्वीन अफ झांसी’ मा एउटा गीतको कोरियोग्राफ गरेकी थिइन् । एजेन्सी

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार