• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
बिश्व

भारतले टिकटक सहित झण्डै ६० चीनियाँ मोबाइल एपमाथि लगाएको प्रतिबन्धलाई अमेरिकाको समर्थन 

काठमाडौं । दुई साता अघि मात्र भारत र चीनको  सीमा क्षेत्रमा रहेको गलवान उपत्यकामा दुईदेश बिच  हिंस्रक झडप भएको थियो । उक्त झडपमा २० भारतीय सैनिकको मृत्यु भएपछि यी दुबै देशबिच दशकौं पछि पुनः तिक्तता आएको छ ।
 

भारतले उक्त्त घटनापछि  चीनसँग बदला लिने  जनाउँदै आएको भएपनि आर्थिक र सैन्य हिसाबले चीनभन्दा धेरै पछाडी रहेको भारतसँग बदला लिनका लागि धेरै विकल्प छैन । यस कारण उक्त्त घटनापछि भारत सरकारले टिकटक र वि च्याट सहित ५९ चीनियाँ मोबाइल एपमाथि प्रतिबन्धको घोषणा गरेको छ । राष्ट्रिय सुरक्षालाई ध्यानमा राख्दै ती चीनियाँ एपमाथि प्रतिबन्ध लगाउनुपरेको भारत सरकारले जनाएको छ ।
 

भारतको संचारप्रविधि मन्त्रालयले सोमबार जारी गरेको एक विज्ञप्तिमा यी चीनियाँ एपहरूले प्रयोगकर्ताहरूको तथ्यांक अनधिकृत रूपमा भारत बाहिरका सर्भरहरूमा गोप्य रूपले हस्तान्नतरण हुँदै आएको पाइएको बताउदै भनेको छ,'यी तथ्यांकहरूको संकलन एवं उपयोग भारतको राष्ट्रिय सुरक्षाको प्रतिकूल रहेको र यसले भारतको सार्वभौमिकता र अखण्डताका लागि चिन्ता विषय भएका कारण यसको समाधानका लागि आपतकालिन उपायहरू आवश्यक रहेको छ ।'

'

चीनको उत्पादन र संचालन रहेको ५९ एपहरु प्रतिबन्ध लगाउने भारतको निर्णयलाई अमेरिकाले समर्थन गरेको छ। अमेरिकाले  भारतको यस कदमलाइ सराहना गर्दै अमेरिकी विदेश मन्त्री माइक पोम्पियो भने,'यो कदमले भारतको  संप्रभुता, अखण्डता  र राष्ट्रीय सुरक्षालाई महत्व दिएको छ।'

 

भारतको ५० प्रतिशत जनसंख्या इन्टरनेटमा पहुँचमा रहेको छ। भारतले प्रतिबन्ध लगाएका टिकटक र वि च्याटका अलावा युसी ब्राउजर, सेयरइट र बाइडु म्याप जस्ता चिनियाँ एपहरू भारतीय मोबाइल प्रयोगकर्तामाझ एकदमै लोकप्रिय रहँदै आएका छन् । 

 

विज्ञहरूका अनुसार विश्वका कुल टिकटक प्रयोगकर्तामध्ये झण्डै एक तिहाई प्रयोगकर्ता भारतमा छन । यस कारण चीनियाँ कम्पनीले आफ्ना उत्पादनका लागि भारतको विशाल बजार र त्यसको सम्भावनामा चासो देखाउँदै आएका छन् । भारतको यस कदमले चिनिया कम्पनीलाई ठुलो नोक्सानी पुगे पनि चिनिया सरकारलाई भने त्यति फरक नपर्ने बुझिएको छ ।  
  

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार