• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
रंगमञ्च

पाटनमा कथा घेराको सडक नाटक 'हाच्छिउँ साच्छिउँ'

काठमाडौं । कथा घेरा (कौसी थिएटर) ले पाटन दरबार क्षेत्रमा हिजो मंगलवार सडक नाटक प्रदर्शन गरेको थियो । कोरोना रोकथाममा सरकारलले खासै राम्रो काम गर्न नसकेको भन्ने हेक्का सहित सरकारलाई दवाव स्वरुप नाटक 'हाच्छिउँ साच्छिउँ' नामक सडक नाटक प्रदर्शन गरिएको हो।

 

कोरोना संक्रमितको संख्या दिनाउदिन बढिरहेको बेला  प्रधानमन्त्री केपी शर्मा ओलीले 'हाच्छिउँ साच्छिउँ' ले नै कोरोना भगाउन सकिन्छ भनेको थिए। यही अभिव्यक्तिलाई लिएर अहिले सबैतिर विरोध भइरहेको छ । यही बिषयलाई लिएर कृष्ण मन्दिर परिसरमा मंगलवार सडक नाटक देखाइएको हो।  सडक नाटकमा १३ जना कलाकारले सहभागिता जनाएका थिए ।

 

विकृति विरुद्ध सडकमा आउनुभएका युवाहरूलाई कलाकारिताबाट ऐक्यबद्धता जनाउनुपर्छ भनेर सडक नाटक देखाइएको कथा घेराकी संस्थापक तथा निर्देशक आकांक्षा कार्कीले बताइन । निर्देशक कार्कीले भनिन्, ‘जहाँ अन्याय भइरहेको छ त्यो कुरामा हामी बोल्न चाहेका हौँ। यो कसैबाट परिचालित होइन। हामीले आफ्नै इच्छामा आफ्नै खर्चमा यो काम गरेका हौँ।’ 


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार