• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
बिश्व

कोरोना भाइरस : इयु ले १४ 'सुरक्षित' देशहरुका आगन्तुकलाई अनुमति दिने

काठमाडौं । युरोपियन युनियनले १४ देशहरुको नाम घोषणा गरि ती देशका नागरिकहरुलाई युरोप आउन दिने भएको छ । आज  जुलाई १ देखि अस्ट्रेलिया, क्यानडा, जापान, मोरोक्को, दक्षिण कोरिया जस्ता देशका नागरिक युरोप छिर्न पाउनेछन ।

 

फुकुवा गरिएको ती १४ देशहरुमा अमेरिका, ब्राजिल, र चाइना  परेका छैनन् भने युरोपियन देशहरुका २६ देशहरु भने एकअर्को देशमा यात्रा गर्न पाउने छन । अहिले युरोपियन युनियनबाट छुट्टिएको बेलायत पनि डिसेम्बरसम्म पहिलेको नियममा नै चल्ने हुँदा त्यहाँका नागरिक पनि इयु नागरिक सरह बिभिन्न देशहरु जान पाउनेछन ।
 

अस्ट्रेलिया, क्यानडा, जापान, मोरोक्को, दक्षिण कोरिया बाहेक फुकुवा गरेको अन्य देशहरुमा अल्जेरिया, जर्जिया, न्युजिल्याण्ड, सर्बिया, उरुग्वे, थाइल्याण्ड, तुनिसिया, मोनेंग्रो, रवांडा जस्ता देशहरु समाबेश गरिएको छ । 

 

बेलायतले भने केहि समय अझै पनि विदेशबाट आगन्तुकलाई प्रवेश नदिनेको भएको छ । गर्मी महिनामा आउने आगन्तुक पर्यटकको लागि सहज वातावरण बनाउने हिसाबले अहिले रोकेको बताइएको छ । कोरोनाले सबैभन्दा बढी असर गरेको युरोपियन देशहरु मध्य स्पेन भने पर्यटकको अत्याधिक बिकास गर्न चाहन्छ । ग्रिस र पोर्चुगल जस्ता पर्यटकमा भरपर्ने देश तुलनात्मक रुपमा बढी सुरक्षित देखिन्छ । तर अहिले नै कुन बढी कुन कम सुरक्षित भनेर इयुले बयान भने दिनसकेको छैन । 

 

जर्मनी जस्तो देशले कम संक्रमति भएको र राम्रो स्वास्थ्य सेवा भएको र विश्वासिलो स्वास्थ्य तथ्यांक भएको देशहरुको नागरिकलाई मात्र आगमन सहज गर्ने बताएको छ । 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार