• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
पत्रपत्रिका

नेपाल र चीनबीच सीमा विवाद छैन : राजदूत होउ यान्छी

काठमाडौं । नेपालका लागि चीनका राजदूत होउ यान्छीले चीन र नेपालबीच सन् १९६१ मा विवादरहित ढङ्गले सीमा सम्झौता भएको स्मरण गर्दै दुई देशबीच सीमा विवाद नरहेको बताउनु भएको छ ।

 

गोरखापत्र र द राइजिङ नेपाललाई दिएको विशेष अन्तर्वार्तामा राजदूत होउले कालापानी नेपाल र भारतबीचको विषय भएको र वर्तमान विषम परिस्थितिमा भइरहेको विवादलाई दुवै पक्षले सौहार्दपूर्ण संवाद तथा आपसी सहमतिका आधारमा टुङ्ग्याउने विश्वास व्यक्त गर्नुभएको छ ।

 

चीनले नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतालाई सधँै सम्मान गर्ने स्पष्ट गर्दै राजदूत होउले भन्नुभएको छ, ‘‘नेपालले हालै प्रकाशित गरेको अध्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सा आफ्नो सार्वभौमिकता तथा भौगोलिक अखण्डताको रक्षाका लागि जनमतको आधारमा चालेको कदम हो ।’’

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार