• शनिबार १-८-२०८१/Saturday 04-20-2024
राजनीति

लकडाउन साउन ७ सम्म लम्ब्याउने सरकारको निर्णय

काठमाडौं । सरकारले थप तीन हप्ता लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको छ । 

 

मन्त्रिपरिषद्को सोमबार राति सम्पन्न बैठकले लकडाउनलाई साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । यस्तै हवाइ उडान र सीमा नाका पनि साउन ७ गतेसम्म बन्द रहने निर्णय भएको बैठक पछि एक मन्त्रीले जानकारी दिए । 

 

लकडाउनमा विगतमा जस्तै शैक्षिक संस्था, मनोरञ्जन स्थल, सार्वजनिक यातायात चल्ने छैनन्। गत जेठ २८ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको थियो । 

 

सरकारले कोरोना संक्रमणको जोखिमपछि गत चैत ११ देखि लकडाउन जारी गरेको थियो। तर जेठ २८ गते भएको निर्णयअनुसार लकडाउन खुकुलो बनाइएको भएकोमा सोही निर्णयअनुसार जारी खुकुलो लकडाउनलाई साउन ७ सम्म कायम राख्ने निर्णय भएको हो। 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार