• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
राजनीति

होम क्वारन्टाइनमा बस्ने शर्तमा काठमाडौं भित्रिन पाइने

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले अनिवार्य होम क्वारन्टाइनमा प्रतिबद्धतासहित स्थानीय तहबाट सिफरिस लिएर आउनेलाई उपत्यका भित्रिन दिने निर्णय गरेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मापदण्ड अनुसार स्थानीय तह, वडा कार्यालय र प्रहरीको सिफारिस लिएर आएमा होम क्वारेन्टाइनमा बस्ने प्रतिबद्धतासहित उपत्यका भित्रिन दिने निर्णय सीसीएमसीले गरेको हो ।

 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाईंले स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुसार १४ दिन होम क्वारेन्टाइनमा बस्नेगरी स्थानीय तह र प्रहरीको सिफारिस लिएर आउन दिने निर्णय सीसीएमसीले गरेको जानकारी दिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार