• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
बिश्व

कराचीस्थित स्टक एक्स्चेन्जमा गोली चल्यो, 'केही आक्रमणकारी र अन्य व्यक्तिको मृत्युु'

पाकिस्तान । कराचीस्थित पाकिस्तान स्टक एक्स्चेन्जको भवनमा बन्दुकधारीहरूले आक्रमण गर्दा कम्तीमा दुई जनाको मृत्यु भएको र केही अन्य घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

 

मूलढोकामा ग्रिनेड विस्फोट गराएर ती आक्रमणकारीहरू भवनमा प्रवेश गरेको बताइएको छ। समाचारहरूमा प्रहरीलाई उद्धृत गर्दै आक्रमणमा संलग्न चार जनालाई मारिएको बताइएको छ।

 

बलोच लिबरेशन आर्मीले घटनाको जिम्मेवारी लिएको छ। बलोच जातीय समूहहरू छुट्टै देशको माग राखेर लामो समयदेखि विद्रोह गरिरहेका छन्।बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार