• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
स्वास्थ्य

कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु, मृतकको संख्या २९ पुग्यो

काठमाडौं । ललितपुरमा कोरोना संक्रमित एक युवकको मृत्यु भएको छ । स्टार अस्पतालमा उपचार गराइरहेका २९ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो। 

 

रौतहटका ३० वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमले जानकारी दिएका छन् । 

 

श्वासप्रश्वासमा समस्या आएपछि स्टार अस्पताल सानेपामा भर्ना भएका थिए । उनको १३ गते स्वाब संकलनका लागि पठाइएको र सोही दिन उनको मृत्यु भएको थियो । 

 

उनको असार १४ गते कोरोना पोजेटिभ पुष्टि भएको स्वास्थ्य मन्त्रालयले पुष्टि  गरेको छ ।  यो सँगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २९ पुगेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार