• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
स्वास्थ्य

थपिए ४७६ संक्रमित, संक्रमितको संख्या १३ हजार २४८

काठमाडौं । कोरोना भाइरसका ४७६ संक्रमित थपिएका छन् ।  पछिल्लो २४ घण्टामा ४७६ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले जानकारी दिए । थपिनेहरुमा ११२ महिला र ३६४ पुरुष रहेको प्रवक्ता गौतमले जानकारी दिएका छन् । 

 

अहिलेसम्म ७७ वटै जिल्लामा कोरोना भारसको संक्रमण फैलिएको छ । यो संगै देशभर  कोरोना संक्रमितको संख्या १३ हजार २४८ पुगेको छ । हालसम्म देशभर कोरोना संक्रमणको उपचारपछि तीन हजार १३४ जना डिस्चार्ज भएका छन् । 

 

यस्तै हालसम्म एक लाख  हजार  जनाको पीसीआर परीक्षण गरिएको छ भने दुई लाख  हजार  जनाको आरडीटी परीक्षण गरिएको  छ भने पछिल्लो २४ घण्टामा ७ हजार ७९१ जनाको पीसीआर परीक्षण गरिएको छ । 

 

देशभरका विभिन्‍न क्‍वारेन्टिनमा ५७ हजार ३६८ मानिसहरु रहेका छन् भने आइसोलसनमा १० हजार ८५ कोरोना संक्रमितहरु रहेका छन् । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार